No Mercy

header ads

सबैभन्दा ठूलो कम्पनी टेलिकममा नयाँ प्रबन्ध निर्देशक खोज्यो ||

नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशक छनौंट प्रक्रिया सुरु भएको छ । हालका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यको कार्यकाल सकिन लागेपछि सूचना तथा सञ्चार मन्त्रालयले नयाँ प्रबन्ध निर्देशकको खोजी गरेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले बनाएको नाम छनौंट समितिले प्रबन्ध निर्देशकको खोजी सुरु गरेको हो । छनौंट समितिले शनिवार सूचना प्रकाशित गर्दै २१ दिनभित्र प्रस्ताव मागेको छ । टेलिकमको प्रबन्ध निर्देशकको कार्यकाल दुई वर्ष हुन्छ ।
बर्तमान प्रबन्ध निर्देशक आचार्य चार्टर्ड एकाउन्टेण्ट हुन् । इन्जिनियर समूह हावी हुने यो कम्पनीमा चार्टर्ड एकाउन्टेण्ट प्रबन्ध निर्देशक नियुक्त हुँदा विरोध गरिएको थियो । आचार्य भन्दा अघि अनुपरञ्जन भट्टराई ६ महिना मात्रै प्रबन्ध निर्देशक बनेका थिए ।


nepal-telecom-logo

छनौट समितिले यसपटक बाणिज्य, विकास, व्यवस्थापन, अर्थशास्त्र, व्यपार प्रसासन, सूचना प्रविधि, कानुन वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका र अधिकृत स्तरको पदमा १५ वर्ष अनुभव हासिल गरेकोहरुले आवेदन दिन पाउने व्यवस्था गरेको छ । १५ वर्ष मध्ये पाँच वर्ष वरिष्ठ अधिकृत तहमा काम गरेको हुनुपर्छ । आवेदन दिने व्यक्ति ४० वर्ष देखि ५८ वर्षसम्मको हुनुपर्नेछ ।

आवेदकले १५ पेजसम्मको व्यवसायिक कार्ययोजना पनि बुझाउनु पर्नेछ ।

नेपाल टेलिकम सबैभन्दा धेरै नाफा कमाउने सरकारी स्वामित्वको कम्पनी हो । यो कम्पनीमा जम्मा सात प्रतिसत मात्रै सर्वसाधारणको लगानी छ । सरकारको सबैभन्दा ठूलो कम्पनी भएकै कारण प्रबन्ध निर्देशक पद निकै आकर्षक मानिन्छ । यो कम्पनीले गत वर्ष मात्रै १६ अर्ब रुपैयाँ नाफा कमाएको थियो ।

(Source: Bizmandu.com)

Post a Comment

0 Comments