No Mercy

header ads

सरकारले बेकरी र वेटरको नि:शुल्क तालिम दिँदै, आवेदन खुलिसक्यो !



नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले २०७५ साल माघ महिनाबाट विभिन्न खाले नि:शुल्क तालिमहरू सञ्चालन गर्ने भएको छ। वेकरी र वेटरको तालिम लिएर पर्यटन क्षेत्रमा केही गर्न चाहने युवाहरूलाई लक्षित गरेर सरकारले यो तालिम दिन लागेको हो। उक्त तालिम लिन योग्य र इच्छुक व्यक्तिहरूलाई समयमै निवेदन फारम बुझाउन अनुरोध गर्दै ती प्रतिष्ठानले प्रकाशित गरेका सूचना तपाईँको लागि हामीले यहाँ प्रकाशित गरेका छौँ। यदि इच्छुक हुनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोस्।
क-कसले फारम भर्न पाउँछन्?
  • कम्तीमा एस.एल.सी पास गरेका वा सो बराबर शैक्षिक योग्यता भएका नेपाली नागरिकहरूले पाउँछन्
के कस्तो तालिम लिन पाइन्छ?
  • बेसिक फुड प्रिपेरेशन (बेकरी)
  • फुड एण्ड बेभरेज सर्भिस (वेटर)
तालिम कति समयको हुनेछ?
  • दुवै तालिमहरू ३ महिनाको हुनेछन्।
  • बसोबासको व्यवस्था के हुने भन्ने कुरा सूचनामा खुलाइएको छैन। तपाईँले आवेदन दिनुभन्दा पहिला सोध्न नभुल्नुहोला।  
फारम भर्ने अन्तिम मिति कहिले हो?
  • यही मिति २०७५/१०/१५ गते भित्रमा फारम बुझाइसक्नु पर्नेछ
तालिम कहिलेबाट सुरु हुन्छ?
  • माघ महिनाको चौथो हप्ताबाट सुरु हुनेछ
के के कागजात चाहिन्छ?
  • स्पष्ट रूपमा भरिएको फारम
  • २ वटा हालसालै खिचेको पासपोर्ट साइजको फोटो
  • नागरिकताको फोटोकपी
  • शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी
  • प्रतिष्ठानको लेखाशाखामा फारम दरखास्त दस्तुर रु. ५००/- तिरेको रसिद
कहाँ सम्पर्क गर्ने?
नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान: ०१-४२७०६०५, ०१-४२७१०२८
व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान: ०१-५५९०८००
इमेल: www.nathm.edu.np  
नोट: तालिममा विपन्न, आर्थिक र सामाजिक रूपमा पछाडि परेका महिला, आदिवासी/जनजाति, मधेसी, दलित र पछाडि परेका क्षेत्रहरुक उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। तालिममा प्रयोगगात्मक कक्षाको लागि चाहिने लुगा र नाइफ सेटको व्यवस्था प्रशिक्षार्थी आफैले गर्नुपर्नेछ।

Post a Comment

0 Comments